ओझल पाना

12.7k Shares

नेपालकाे राजनीतिक परिवर्तनमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने बिर्सिएका कलाकारहरु ?

- डी.बी. नेपाली

नेपाल एकीकरणकाे वेला देखि नै राजतन्त्र हाेस,राणाशाहीतन्त्र हाेस,प्रजातन्त्र या पंचायती व्यवस्था हाेस या ०४६ काे जनआन्दोलनबाट आएको परिवर्तन हाेस,दस बर्षे जनयुद्ध र ०६४ मा भएको राजतन्त्रको अन्त यी सबै सत्ता परिवर्तनका खेल भनाैं या संघर्ष सबैमा एउटा कुरामा समानता देखिन्छ त्याे के भने सत्ता परिवर्तनमा हतियार र सेनाकाे जति महत्व छ त्यति नै जनतालाई आफ्नु राष्ट्र र समाजलाई माया गर्न, चेतनशील बनाउन तथा संगठित पार्नमा साहित्यकार,संगीतकार र गायकहरुकाे पनि उत्किकै महत्त्वपूर्ण भूमिका रहेकाे देखिन्छ । ०३६ साल अगाडिका व्यवस्थामा गाइने गीतहरु, गाउछ गीत नेपाली, ज्याेतिकाे पंखा उचाली, म झुक्दै न झुक्ने नेपालकाे छाेराे, याे नेपाली सिर उचाली, मेराे टाेपी, जाग लम्क, बीरताकाे चिनाे जस्ता जहिले र जुन वेला सुन्दा पनि राष्ट्र प्रेम जगाउने गीतहरूकाे जुन व्यवस्था आए पनि उत्तिकै महत्व छ भने ०२८ साल पछि प्राय राजद्राेहकाे आराेपमा १०/१५ बर्षसम्म जेल सजाए भाेगीरहेका लगभग सबै नेताहरु छुटे पछि शिथिल भएकाे सत्ता परिवर्तनको आन्दाेलन फेरि बिस्तारै गति समाउन थाल्याे ०३२ सालमा सिक्किम हड्पेकाे निउमा भयङ्कर ठुलाे आन्दोलन भयाे त्याे आन्दोलन भारतकाे विस्तारवादी नीतिकाे मात्रै बिराेध गर्ने नभएर पंचायती तानाशाही बिरुद्ध पनि केन्द्रित रह्याे र ०३६ सालमा राजा जनमत संग्रह गर्न तयार भए तर धाँधली गरेर हाे या जनताले नै नचाहेका हुन् बहुदलीय व्यवस्था स्थापना हुन सकेन तर जनतामा सत्ता परिवर्तनको चाहनाले तीब्र रुप लिन थालिसकेकाे थियाे । नेपाली काँग्रेस र नेपालका विभिन्न विचार र गुटमा बाँडिएका कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता आआफ्नै शैलीमा संघर्ष गर्न खटिएर लागि परेका थिए । भुमिगत रुपमै भए पनि संगठन निर्माण र जनताकाे बीचमा सत्ता परिवर्तनको चेतना फैलाउने कार्यमा तीब्रता आउन थाल्याे, भाषण, लेख, रचना र भुमिगत क्लास संगसंगै जनतालाई सरल सहज र आन्दाेलित गर्न जनगायकहरुकाे अत्यन्त महत्त्वपूर्ण भुमिका रहेकाे कसैबाट लुकेकाे छैन।

जेबी टुहरे, रामेश, रायन, पाख्रिन, मन्जुल, जीवन शर्मा, रेम राना, मणि थापा, राजेश बिश्वकर्मा, निलिमा पुन लगाउयत अन्य थुप्रै जनताका गीत गाउने र जनतालाई संघर्षको मैदानमा आगाे बाल्न ध्युकाे काम गर्ने थुप्रै गायक गायिकाहरु सबैकाे नाम उल्लेख गर्न नसकिए पनि उहाँहरुकाे याेगदान याे देशमा राजनीतिक परिवर्तन ल्याउन संघर्षकाे मैदानमा जनताकाे रगत उमालेर टाउकाेमा मृत्युको डाेरी बाँधेर देशमा सुशासन र सुव्यवस्थाकाे लागि आँखा चिम्ली हामफाल्न लगाउने काम यीनै ज्ञात अज्ञात जनगायकहरुकाे रहेकाे सर्व विदित छ ।

तीसकाे दशकमा जनगायक जेबी टुहुरेका गीतहरु,रामेश र रायन काे गाउँ गाउँबाट उठ भन्ने गीत, मन्जुलकाे संघर्षकाे मैदानबाट, पाख्रिनकाे फाटेकाे जालले छेकेकाे, छेके पनि छर्लङ्गै देखेकाे, घैंटी बिल्चा उचालेर,टाढैबाट चिनियाे ढाँका टाेपी लाउनेलाई, क. एम. बी. सिंहद्वारा रचित लेफ्ट राइट लेफ्ट, जीवन शर्माका झरनाकाे चिसाे पानी, सिमली छाया, एउटा पातलाे शरीर, चाहिँदैन मलाई अतरकाे सुगन्ध, छुटिदैन आत्मा हाम्राे देशकाे सिमाले , फेरि पनि हुकुमी शासन चल्दैछ जस्ता गीतहरू लगायत रेम राना, मणि थापा,राजेश बिश्वकर्मा, ठुली जस्ता गिती नाटक तथा माओवादी जनयुद्धकालमा राेल्पा रुकुम कालिकाेटका जंगल र वस्तीहरुमा गुन्जने पुर्ण घर्तीका कसले भन्छ क्रान्ति यहाँ...जस्ता गीतहरूले जनतालाई संघर्षको मैदानमा हाेमिन तयार पारेको छर्लङ्ग देखिन्छ । 

नेपाल एकिकरणदेखि नै राष्ट्र र जनताको पक्षमा गाइने गीतहरुले र साहित्यकारका कलमहरुले पनि युद्धको मैदानमा गाेला बारुदले गर्ने काम भन्दा पनि बढी काम गरेको प्रष्ट देखिन्छ । ०४६ काे जनआन्दोलन हाेस,दस बर्षे जनयुद्ध हाेस या ०६४ मा राजाले सत्ता जनताकाे हातमा सुम्पेर हिड्नुभन्दा अघिका विभिन्न जनआन्दोलनका स्प्रिटका कुरा हुन जनगायक र जनगायिकाहरुकाे अत्यन्त ठुलाे र महत्त्वपूर्ण भुमिका रहेकाे छ । तर देशमा राजनैतिक परिवर्तनमा यति ठुलाे भुमिका निभाएका आफ्नु संगीत र गायनकाे हतियार द्वारा सामन्ती सत्ता ढाल्न जनसेनाकै जत्तिकै भुमिका निभाउने ती संगीतकार र गायक गायिकाहरु आज कुन अवस्थामा छन् कसैले चासाे लिएको देखिदैन कहिलेकाही टिभी रेडियाेले आफुलाई क्रान्तिकारी देखाउन मन नपराइनपराइ छुस्स बजाउने गर्छन् । बरु चाैविसै घण्टा माया प्रेमका गीत बजाउन गर्व गर्छन् । कट्टा हान्दिउ, तेराे मुखमा किरा परी जावस जस्ता गीतहरुमा रमाउने र सुन्नेहरुकाे जमात धेरै छ तर देशमा सत्ता परिवर्तनकाे संघघर्षमा धेरै दुखकष्ट सहेका जनताका , जनजीविकाका, समाज परिवर्तनका, वर्गीय असमाता मिटाउन संगीत र गायनद्वारा अहम भुमिका खेल्ने जनगायकहरुकाे हिजाे सामन्ति राजतन्त्र फालेर जनताकाे शासन स्थापित गर्नु पर्छ, वर्गीय असमानता मिटाउनु पर्छ भनेर हजाराैं जनताकाे वलिदानबाट स्थापित भएकाे संघीय गणतन्त्रमा सबै गणतन्त्रवादी आज आफै महाराजा भएर हिडे पछि परिवर्तन भएकाे जनताले कतै अनुभुति गर्ने ठाँउनै छैन् ।आज बहुसंख्यक जनतामा एउटा राजा फालेर हजाराैं राजा बनाउन संघर्ष गरिएकाे थियाे त भन्ने बहस हुन थालेकाे छ । आज सहीदहरु अपमानित छन् । जिउदा सहीदहरु खाडीतिर राेजगारी खाेजेर हिडिरहेका छन् । जनताका गायकहरु संसारभरि कहाँ कसले बाेलाउछ बाँच्नकाे लागि उतै हिडेर जीविकाेपार्जन गरिरहेका छन् । सहीदहरु र जनगायक गायिकाहरुलाई मन्च र बाँच्ने आधार दिन नसके पनि कमसेकम यिनीहरुलाई सम्मान त गर्न सिकाैं ।

सम्बन्धित समाचार