पीडित भेट्न बस्तीमै पुग्छन् प्रहरी

12.2k Shares

कपिलबस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल थालेको छ । कार्यालयमा निवेदन दिएका पीडितहरूलाई फलो अप भिजिट गर्न सुरु गरेको छ । 

न्याय प्राप्तिको प्रक्रिया छिटो र सहज बनाउन सहयोग गर्ने र प्रहरीको व्यवहार सेवाग्राहीको अपेक्षा सङ्कलन गरी कार्यान्वयन गर्ने उद्देश्यले निवेदन दर्ता गरेका पीडितलाई घरमाबा टोलमा गई भेटघाटको अभियान सुरु गरिएको छ ।

यो अभियान अन्तर्गत निवेदन दिएका पीडित सेवाग्राहीको अवस्था बुझ्नका लागि प्रहरी टोली स्वयं उनीहरूको घर वा सम्बन्धित स्थानमा पुग्नेछ । यसरी प्रत्यक्ष रूपमा भेटेर जानकारी लिँदा मुद्दा समाधान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

सम्बन्धित समाचार