एसपीलाई झुकाउँदै बढैयाबाट तस्करी, घुमुवाको रूपमा हवल्दार गणेश र सिपही रोमन परिचालन

7.6k Shares

नेपालगन्ज । सशस्त्र प्रहरी बलको लुम्बिनी प्रदेश स्थित बाहिनीका प्रमुख डिआइजी दीपेन्द्र कुंवर हाजिर भए देखि अहिले सम्म सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि खटिइरहेका छन् । मातहतमा गएर बारम्बार चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन पनि दिइरहेका छन् । यसअघि सीमावर्ती क्षेत्रमा भएको खुलेयाम तस्करीमा केही कमी देखिए पनि रोकिएको छैन । कमी भएको हल्ला मात्रै हो , तस्करी चलिरहेको छ , बांके बढैया स्थित स्थानीय व्यवसायी पंकज भन्छन् , कसैको केही काम रोकिएको छैन , तस्करी धन्दा यथावत् रूपमा चलिरहेको छ ।

डिआइजी कुंवरले मात्रै होइन , बांके स्थित सशस्त्र प्रहरीको गणका गणपति शोभा कान्त खनालले पनि नाकाबाट हुने चोरी तस्करी नियन्त्रण गर्न बारम्बार निर्देशन मात्रै दिएका छैनन् कि चोरी तस्करी भएर आएको सामान गणको टोलीबाट पक्राउ समेत गरेका छन् । सामान पक्राउ गरेपछि कुन नाकाबाट उक्त सामान तस्करी भएर आएको हो , त्याहांको कमान्डरलाई चेतावनी समेत दिने गरेका छन् । तरपनि सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुनुको साटो निरन्तर चलिरहेको छ । यो तस्करीमा स्थानीय सशस्त्र प्रहरी प्रमुख र उनले परिचालन गरेका घुमुवाहरूले लाइन दिएको समेत खुलेको छ ।

बांकेको बढैया नाकाबाट सशस्त्र प्रहरी बल बिओपी बढैयाले तस्करीको लाइन दिएको छ । यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा भारतीय कुखुरा र मरेका माछाको काम गर्ने पंकज , कपडा , चिनी र हार्डवेयरको काम गर्ने नाटी , चांची , गोरी , खड्का , पदम गिरी मुख्य छन् । यिनीहरू बढैया नाकाबाट तस्करी गर्ने मुख्य कारोबारीहरू हुन् । यसबाहेक अन्य स– साना कारोबारी त यस नाकाबाट तस्करी गर्ने दर्जनौं रहेको स्थानीय व्यवसायीहरू बताउँछन् । यी कारोबारीहरूबाट सशस्त्र प्रहरीले सेटिङ मिलाएर तस्करीको लाइन चलाएको छ । यो बढैया बिओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउद कार्यरत छन् । उनले घुमुवाको रूपमा हवल्दार गणेश बुढाथोकी र सिपाही रोमन डांगीलाई परिचालन गरेका छन् । तस्कर देखि अन्य दुई नम्बरी गर्ने कारोबारीहरूसंग निरीक्षक साउदले परिचालन गरेका यिनै घुमुवाहरू हवल्दार बुढाथोकी र सिपाही डांगीले भेट्ने र आर्थिक कारोबार गर्ने गरेको स्थानीय कारोबारीहरू नै बताउँछन् ।

सम्बन्धित समाचार