काठमाडौं । प्रहरी संगठनमा प्रहरीका उच्च अधिकारीहरुले ‘मुस्कानसहितको सेवा, प्रहरी हाम्रो साथी’ भन्ने मुल नाराका साथ सेवा दिन भनिए पनि प्रहरीका केही कर्मचारीले भने त्यस्को ठिक उल्टो कार्य गर्दा जनताहरु प्रहरीको सेवाबाट बञ्चीत बन्नुका साथै प्रहरीलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक बन्दै गएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसर ठाडो उजुरीका प्रमुख इन्स्पेक्टरको दिपक बाबु केसीले देखाएका हर्कतका कारण पीडित जनताहरु प्रहरीबाट न्याय र सेवा होइन उल्टै अन्यायमा परेको भान यतिबेला बनेको छ ।
केही दिन अगाडि काठमाडौं जिल्ला राजधानीका प्रमुख एसएसपी विश्व अधिकारीको आदेशलाई समेत धोती लगाउँदै उल्टै प्रहरीका उच्च अधिकारीलाई गर्ने स्यालुटसम्म नगर्ने इन्स्पेक्टर केसीलाई किन संरक्षण गरिरहेका छन् पीडितहरुले खोजतलाससँग गुनासो पोखेका छन् ।
इन्स्पेक्टर केसी ललितपुरको बाँडेगाउँको प्रमुख हुँदा पनि पीडितहरुको गुनासो भन्दा पनि पीडकहरुसँगै साँठगाँठ गरेको आरोप लागेका प्रहरी अधिकारी हुन् ।
जिल्ला प्रहरी परीसर काठमाडौंका ३१४ नम्बर पिल्लर हेर्दै आएका इन्सपेक्टर दिपक बाबु केसी आफू नै प्रमुख भएको जस्तो गरी ठाडो आदेश दिने गरेको र माथिल्लो प्रहरी अधिकारीले दिएको आदेशलाई समेत वेवास्ता गरी आफूखुसी कार्य गर्दै आइरहेको उनकै सहयात्री प्रहरीहरुले बताउने गरेका छन् ।
एसएसपी अधिकारीको आदेशलाई लत्याउँदै इन्स्पेक्टर केसी पीडितहरुको साथ दिएको आरोप लाग्दै गर्दा इन्स्पेक्टर केसीले त्यस्तै व्यवहार गरेकोले पुष्टि हुन्छ । काठमाडौं प्रहरी परीसरमा केहीमहिना अगाडि सरुवा भएर आएका इन्स्पेक्टर केसीले आफूभन्दा माथिल्लो प्रहरी अधिकारीलाई स्यालुट हान्नुका सट्टा उल्टै उनले आफ्ना हाकिमलाई आदेश दिनुले उनलाई ठूलै मान्छेका आर्शिवाद भएको हुनसक्ने परिसरका प्रहरीहरुले बताउने गरेका छन् । इन्स्पेक्टर केसीलाई कसको आर्शिवादले मिटरव्याज सम्बन्धि उजुरी हेर्ने महत्वपूर्ण शाखा दिइयो भन्ने प्रहरी संगठनमै चर्चाको विषय बनेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर सरुवा भएपछि चेनअफ कमाण्ड मान्नुपर्ने नेपाल प्रहरीमा आफ्ना हाकिमहरुले बोलाउँदा समेत बेवास्ता गर्ने घमण्डी स्वभावका इन्सपेक्टर केसीले पिडकसँग मिलि आर्थिक नजरनाको भरमा पिडितलाई झन पिडित बनाएको पीडितहरुले खोजतलासलाई गुनासो पोखेका छन् ।
काठमाडौको बागबजार स्थायी निवासी एक एकल महिलाले आफू घरकै सदस्यबाट पिडित भएको भन्दै उजुरी दिँदा उल्टै केसीले मानमर्दन सहित गालिगलौज गर्दै ती महिलाले गुनासो पोखेकी छिन् ।