प्रेस चौतारी कर्णालीको नेतृत्वमा सिम्खडा

10.3k Shares

सुर्खेत– नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबारबाट सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले प्रेमराज सिम्खडा अध्यक्षमा चयन गरेको हो । 

उपाध्यक्षमा हिक्मत नेपाली र सीता वली, महासचिवमा ओम शाही र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । 

त्यस्तै, सचिवहरूमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा र जगतदल विक चयन भएका छन् ।

सम्बन्धित समाचार