कैलाली र कञ्चनपुरमा साढे ७ लाखको अवैध सामान बरामद

11k Shares

काठमाडौं । कैलाली र कञ्चनपुरमा साढे ७ लाख रुपैयाँको अवैध सामान बरामद गरिएको छ । कैलालीमा प्रहरीले ५ लाख बढी र कञ्चनपुरमा दुई लाख बढिको अवैध सामान बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पाँच लाख २३ हजार ९७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा बच्चाको खेलौना, नेपकिन, केक, विभिन्न किसिमका कपडा, जेसीबी र स्काईभेटरका विभिन्न पाटपुर्जा, ट्याक्टरका विभिन्न पाटपुर्जा, भाँडाबर्तन, मोबाइल कभर, चार्जिङ पिन, डिस्प्ले, टर्च लाईट, बोईलर कुखुरा, सिद्रा माछा लगायत छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बरामद गरेको हो । यस्तै, कञ्चपुरमा पनि दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट बिहीबार दुई लाख ३० हजार आठ सय बराबरको अवैध सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार