स्थायी पुनर्वासको पर्खाइमा पहिरो पीडित

9.1k Shares

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवार स्थायी पुनर्वासको पर्खाइमा रहेका छन्। हाल अस्थायी आवासमा बस्दै आएका मैवाखोला गाउँपालिका–४ साँघुका पहिरो पीडित परिवार स्थायी आवास अर्थात् पुनर्वासको पर्खाइमा रहेका हुन्।

करिव डेढ वर्षअधि अर्थात् २०८० साल असार महिनाको पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका साँघु ओदक बस्तीका ६२ परिवारसमेत ६५ परिवार हाल अस्थायी आवासमा बसोबास गर्दै आएका छन्। त्यसबेला पहिरोबाट विस्थापित हुन पुगेका परिवारलाई मैवाखोला गाउँपालिकाले वडा ३ साँघुको निर्माणाधीन मदनभण्डारी रङ्गशालामा एकीकृत अस्थायी आवास घर निर्माण गरी पुनस्थापित गराएको थियो।

सुरक्षित ठाउँका रुपमा सुनिश्चित गर्दै रङ्गशालामा गाउँपालिकाले निर्माण गरेको एकीकृत आवासमा बस्दै आएका पहिरो पीडित परिवार यतिबेला स्थायी आवासको पर्खाइमा रहेका छन्। कच्चा उत्तिसको काठ, बाँस र जस्तापाताको प्रयोग गरी निर्माण गरिएको अस्थायी संरचना (आवास घर) को बसाई सोचेजस्तो सहज नभएको पीडित परिवार बताउँछन्। गर्मी र चिसो याममा अध्यधिक जाडो हुने हुँदा अस्थायी आवासको बसाई कष्टकर रहेको पीडित परिवारको भनाइ छ।

सम्बन्धित समाचार