बाजुरा सदरमुकाममै छाउगोठ, हटाउने अभियानमा जुट्यो बडीमालिका

8.1k Shares

धनगढी– हरेक जिल्लाका सदरमुकाम सुविधा र सचेतनाले गाउँभन्दा फरक हुन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बाटो, बिजुली बत्ती सहितका विकासका पूर्वाधारमा सदमुकामबासीको सहज पहुँच हुने गर्छ ।  सचेतना र शैक्षिक स्तरले पनि मुकामभित्र र आसपासका गाउँहरूमा बसोबास गर्ने नागरिकहरू गाउँमा बस्ने भन्दा फरक र सामाजिक चेतना स्तरमा केही माथि नै हुने गर्छन् ।

 विडम्बना बाजुरा जिल्ला सदरमुकाम भित्रै छाउगोठ अझै भेटिन्छन्, महिनावारी र सुत्केरी भएका महिनाहरू अझै छाउगोठमै बस्न बाध्य छन् । यो समस्या बाजुरा बाहेक सुदूर पहाडका अछाम, डोटी, बझाङ, बैतडी र दार्चुला जिल्लाको पनि साझा समस्या र वास्तविकता हो । सुदूर पहाडका सदरमुकामसँगै जोडिएका गाउँहरु बत्तिमुनिको अँध्यारो जस्तै छन् । जातीय विभेद, बाल विवाह, छाउ कुप्रथा अझै कायम छ ।

त्यसैको उदाहरण हुन्, बडीमालिका नगरपालिका १, ७ र ८ नम्बर वडा । बडीमालिका बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो । ती वडामा नगरपालिकाले छाउगोठमुक्त अभियान थालेको छ । गोठ भत्काउने र घरमा बस्न सचेतना दिने अभियानमा नगर उपप्रमुख नन्दा कुमारी थापा सहितको टोली सक्रिय छ । साथमा प्रहरी र सामाजिक रूपान्तरणमा जोडिएका गैर सरकारी संस्था पनि छन् ।

सम्बन्धित समाचार