तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

10.9k Shares

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । 

ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना संकलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । 

सम्बन्धित समाचार