वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा सरकारकाे ध्यानाकर्षण

9.5k Shares

काठमाण्डौ – गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले वित्तीय समानीकरण अनुदान कटौतीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटमध्ये पालिकामा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सरकारले कटौती गरेपछि महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा नियन्त्रक कार्यालयलाई गरेको पत्रमा गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले हरेक वर्ष समानीकरण अनुदानमा कटौती गरिरहने प्रवृति गम्भीर भएको भन्दै उनीहरुले संयुक्त विज्ञप्तीमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सरकारबाट समानीकरण अनुदान शीर्षकमा स्थानीय सरकारमा निकासा हुनुपर्नेमध्ये तेस्रो किस्तामा विनियोजित रकमको २५ प्रतिशत निकासा हुनुपर्नेमा १३.२४ प्रतिशत मात्र निकासा हुने देखिन्छ ।

समानीकरण अनुदानसमेत कटौती गर्ने कार्यले वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा प्रश्न चिन्ह खडा भएको, पालिकाको सेवा प्रवाह र विकास निर्माण कार्यमा गम्भीर असर पुग्ने र योजना तर्जुमा गर्नुको औचित्यमा समेत प्रश्न खडा हुने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार