‘परालको आगो’को मुख्य भूमिकामा भित्रिए जितु

9.4k Shares

काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन् । 

निर्माता पोखरेलका अनुसार जतु फिल्मको मुख्य भूमिकामा भित्रिएका हुन् । निर्माता पोखरेलले भने, ‘चामे,गौँथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौँ ।

फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् ।

फिल्ममा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन् । निर्माता पोख्रेल अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् । 

सम्बन्धित समाचार