२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव

8.7k Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विकास गरिने सूचना प्रणाली दीर्घकालीन आवश्यकतालाई हेरेर बनाउन समितिले सुझाव दिएको छ । 

श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठित समितिले आगामी २० वर्षपछिसम्म हुनेगरी बनाउन सुझाएको हो । 

मन्त्रालय मातहत सञ्चालित सूचना प्रणाली एकीकृत गरी सेवा प्रवाह गर्नेसम्बन्धी अध्ययन गर्न घिमिरेको संयोजकत्वमा १० सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखी सर्भिस खरिद तथा ह्युमन रिसोर्स म्यानेजमेन्ट गर्नुपर्ने सुझाव दिएको हो । 

मन्त्रालयअन्तर्गत जति निकाय छन्, ती सबैका सेवा एकीकृत गरी सर्भरमा आबद्ध गराउने हिसाबले तयार पार्नुपर्ने जनाइएको छ । मन्त्रालयअन्तर्गत रहेका एप्लिकेसन र सर्भरलाई खरिद वा निर्माण गर्दा भविष्यमा मन्त्रालयको सर्भर र नागरिक एपमा इन्टिग्रेड गर्ने हिसाबले निर्माण गर्न सबै निकायलाई पत्राचार गर्नसमेत सुझाव दिइएको छ । 

सम्बन्धित समाचार