18.9k
Shares
काठमाडौं । अमेरिकाले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । दुर्गापूजाको अवसरमा हिन्दुका घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ट्विट गर्दै दुर्गापूजा समारोहमा हिन्दु मन्दिरहरू र व्यवसायहरूमा भएको हिंसात्मक आक्रमणहरूको निन्दा गर्दै घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् ।
“हाम्रो संवेदना हिन्दु समुदायको साथमा छ । हामी अधिकारीहरूलाई पूर्ण अनुसन्धान गर्नको लागि आग्रह गर्दछौँ । धार्मिक वा आस्थाको स्वतन्त्रता एक मानवअधिकार हो,” उनले उल्लेख गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा कुनै खास क्षेत्रमा सीमित नरहेको जनाएको छ ।