17.1k
Shares
काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका थिए ।
महर्जनको निधनले सुन चाँदी तथा रत्न आभूषणका व्यवसायीहरुमा ठूलो क्षति पुगेको व्यवसायीहरुले बताएका छन् । महर्जनको असामहिक निधनले व्यवसायीहरुप्रति पर्न गएको क्षति तथा परिवारलाई पर्न गएको शोकलाई शक्तिमा बदल्न सक्ने शक्ति मिलोस् भनी भगवानसँग खोजतलास परिवार कामना गर्दछ ।