प्रहरी महानिरीक्षक कुँवरद्वारा नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित छात्रावास भवनको उद्घाटन

9.8k Shares

काभ्रेपलाञ्चोक । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित छात्रावास भवनको शुक्रबार आयोजित समारोहबिच उद्घाटन गर्नुभयो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माणमा विशेष योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले नेपाल प्रहरी तथा सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको साथै विद्यार्थीहरूको चौतर्फी विकासमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले विद्यालयले सुधारका लागि अंगिकार गर्ने रचनात्मक पहलहरू, विद्यालयलाई थप स्रोत तथा साधनहरूबाट सुसम्पन्न गराउने प्रयासहरू एवम् विद्यालयको क्षमता र सुविधा विस्तारसँगै समयानुकूल स्तरवृद्धि गर्ने सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालय सदैव चिन्तनशील रहँदै आएको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार