हस्तकलाका सामग्री ग्राहकको रोजाइमा

11.4k Shares

रामपुर (पाल्पा) । कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा आउने ग्राहकको रोजाइमा परेको छ । पाल्पा कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।

जिल्लाको रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा राखिएको हस्तकलाका सामग्रीको विक्री स्टलमा हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड लाग्ने गरेको छ । कलात्मक स्वरुप दिएर बाँस, बेत, काठ, डोरी तथा धागो बाट तयार गरिएका उत्पादन रोजाइमा परेको छ । कारागारका बन्दीहरुको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किन्ने गरेका छन् ।

मुढा, ढँकिया, नाम्लो, चाल्नी, नाङ्लो, मादल लगायत सामग्री बिक्रीका लागि राखिएका छन् । महोत्सवमा घरेलु तथा साना उद्योग कार्यालय तानसेनले आयोजक रामपुर उद्योग वाणिज्य संघ संग समन्वय गरी विक्री स्टलको व्यवस्था गरेको छ । कारागारमा उत्पादन भएका सामग्रीको विक्री वितरण गर्दै आउनु भएका व्यवसायी बालकृष्ण अर्यालले कारागारको सामग्री खरिद गरी मेलामा बिक्री गरिरहनुभएको छ ।

सम्बन्धित समाचार