मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द

11.3k Shares

गुल्मी– मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।

सम्बन्धित समाचार