चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

8.7k Shares

चितवन– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदैछ ।

एक्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने छ । दूध किसानका समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन गर्नसकिने उपायबारे अवलोकनकर्तालाई तथा किसानलाई बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार