रविमाथिको थुनछेक बहस आज पनि जारी रहने

8k Shares

काठमाडौं– साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।

हिजो जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान पछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो । बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो । 

प्रहरीले लामिछानेलाई बिहान १० बजे जिल्ला अदालतमा उपस्थित गराएपछि आजको बहस सुरु हुनेछ । हिजो वादी तर्फका सरकारी वकिलको बहस सकिएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

यसअघि लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र १ करोड धरौटी बुझाएर छुटेका थिए ।

सम्बन्धित समाचार