टोकियो– चीनको डीपसीक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपन एआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डीप रिसर्च’ नामक च्याटजीपीटी टूल सार्वजनिक गरेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स ढकृत्रिम बौद्धिकता–एआईण को नवागन्तुक डीपसीकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् ।
ओपन एआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजीपीटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो ।
‘तपाईँले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजीपीटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ’, कम्पनीले विज्ञप्तिमा भनेको छ ।