जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

8.2k Shares

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरिदिने भएको छ । महानगरले एक सूचना जारी गर्दे यस्तो भनेको हो ।

‘जेन जेड आन्दोलनका क्रममा अकालमै निधन हुनुभएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था महानगरपालिकाद्वारा गरिएको छ ।’ महानगरले भनेको छ ।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणको लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ ।

आवश्यक सहयोगका लागि जगदीश अर्याल – ९८५४०४५७०२, विज्ञान घिमिरे – ९८५११३३९११ ईश्वर वाग्ले – ९८४१२९७८६१ मा कल गर्न महानगरले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार