देउवाले पोखराको बखान गरे, राजनीतिबारे चुइँक्क बोलेनन्

7.5k Shares

पोखरा । नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले हुन्छ ठ्याक्कै यकिन नभए पनि नेता कार्यकर्तालाई यसले विभाजित गरिसकेको छ । अबको महाधिवेशन कसरी जाला, सभापति शेरबहादुर देउवाको धारणा के होला, अबको नेतृत्वबारे के भन्लान् भन्ने चासो पोखरा सभागृहका सहभागीलाई थियो ।

कांग्रेस पोखरा नगर सम्मेलनमा उपस्थित नेता कार्यकर्ताले यो सरकार र गठबन्धनका विषयमा देउवाको धारणा सुन्न चाहेका थिए । देउवाले भने नेता कार्यकर्ताको भावना र भनाइको कुनै प्रवाह गरेनन् ।

उनी अहिलेको राजनीतिक अवस्था, सरकार र गठबन्धनको विषयमा प्रवेश नै गरेनन् भने नेता, कार्यकर्ताले चासोका साथ सुन्न चाहेको अबको नेतृत्वबारे पनि उनले कुरै राखेनन् । देउवा न पार्टीभित्रको गुट–उपगुटबारे नै बोले । राजनीतिक तथा समसामयिक विषयमा चुइँक्क नबोली देउवाले पोखरा र यहाँको प्रकृतिको बयान गरेर भनाइ टुंग्याइदिँदा नेता कार्यकर्ता भने छक्क परे ।

कांग्रेस पार्टीको आन्तरिक जीवन, आगामी चुनाव र अबको रणनीतिबारे सभापति देउवाले कुरा राख्लान् भन्ने आशय मञ्चमा बोल्ने नेताहरुले गरेका थिए । कार्यक्रमको सुरुमै पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले पार्टीको विधान, अधिकार प्रत्यायोजन र नेतृत्वका विषयमा भनाइ राखे ।

सम्बन्धित समाचार