9.4k
Shares
काठमाडौं– चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ?
मानिसहरू बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा केरा खानु हुँदैन, त्यो समयमा खानुपर्छ तर आज हामी तपाईँलाई विशेषज्ञ चिकित्सकका अनुसार सही जानकारी बताउन गइरहेका छौँ ।
विज्ञ चिकित्सकहरू बिहानको खाजामा केरा खानुपर्ने बताउँछन् । बिहान केरा खाँदा दुई प्रकारका फाइदा हुन्छ । एक, यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने यसले यसको लागि पनि काम गर्दछ ।
दोस्रो, तौल बढाउन चाहनुहुन्छ भने यसले पनि काम गर्छ । तर, दुवैको विधि फरक–फरक छ । दिउँसो र राती केरा खानुभयो भने यसले तपाईँलाई हानि पुर्याउन सक्छ ।