सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ?

7.1k Shares

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई संविधान संशोधनको विषयबारे प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै शुक्रबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ कांग्रेस–एमालेलाई संविधान संशोधनको एजेन्डाबारे प्रश्न सोधेका हुन् ।

‘सरकारले संविधान संशोधनको विषय ल्यायो तर, त्यो कता हरायो ?,’ पाण्डले प्रश्न गरे । गत असार १७ गते राति कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति पत्रमा उल्लिखत संविधान संशोधनको एजेन्डा अघि नबढेपछि माओवादी केन्द्रले प्रश्न गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर समग्रतामा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार