9.8k
Shares
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् । जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ ।
विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका थिए । उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन ।