नेपालले पाकिस्तानसँग एक खेल खेल्ने

20.4k Shares

काठमाडौं, १५ कात्तिक नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग एक खेल खेल्ने भएको

पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष प्रस्ताव गरेको थियो एन्फाले भने यही कात्तिक ३० गते एक खेलका लागि पुनः पाकिस्तान फुटबल संघलाई प्रस्ताव पठाएको प्रवक्ता सुरेश शाहले बताए

 “पाकिस्तानले नेपाललाई दुई खेलका लागि प्रस्ताव गरेको भए पनि चुनावका कारण हामीले कात्तिक ३० गते एक खेल मात्र खेल्ने पुनः प्रस्ताव गरेका छौँ अब भोलि वा पर्सिमा उताको निर्णय आउनेछ, प्रवक्ता शाहले बाह्रखरीसित भने

उनले प्रशिक्षकका बारेमा पनि हालसम्म कुनै निर्णय नभएको बताए नेपालभित्रकै केही प्रशिक्षकहरूसँग कुरा चलिरहे पनि यसबारे कुनै निर्णय भएको छैन यसबारे पनि भोलि वा पर्सिमा निर्णय हुनेछ

गएको जुन मा फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तान तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो पाकिस्तानले सन् २०१९ मा कम्बोडियासँग अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो

पाकिस्तानको टिमले आठ वर्षपछि नेपाल भ्रमण गर्न लागेको हो पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानको टिमले नेपाल भ्रमण गरेको थियो

सम्बन्धित समाचार