10.4k
Shares
मनाङ । जिल्लाका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छने । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताउनुभयो । “मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ”, उहाँले भन्नुभयो, “यसले हामीलाई उत्साहित बनाएको छ ।”
उहाँका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उहाँ बताउनुहुन्छ ।