लहानका विपन्न बस्तीमा कम्बल वितरण

10.7k Shares

लहान । लहान नगरपालिकाको विभिन्न वडामा रहेको दलित विपन्न बस्तीहरुमा शितलहरबाट जोगिन अहिलेसम्म एक हजारभन्दा बढी कम्बल वितरण गरिएको छ । 

लहान ४,५,११,१२,१३,१४,१५,१७,१९ र २२ गरी दस वटा वडामा यतिका संख्यामा शितलहरको चपेटाबाट विपन्न दलित बस्तीहरुमा कम्बल वितरण गरिएको छ भने सहरी क्षेत्रसँग जोडिएको वडाहरुमा चोकचोमा डिभिजन वन कार्यालयसँग सम्न्वय गरी दाउर वितरण गरिएको लहान नगरपालिकाले जानकारी गराएको छ ।

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिकामा १९ हजार जनसंख्या रहेको दलित बस्तीहरुमा पनि अति प्रभावित मुसहर समुदायलाई लक्षित गरेर एक हजारभन्दा बढी कम्बल वितरण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझैपनि केहि वडाहरुबाट नमावली सङकलन हुने काम भइरहेको छ । बाढी र शितलहरको जोखिमबाट लहान नगरपालिकाका विपन्न र दलित समुदायहरुको सुरक्षित आवास निर्माण र शिक्षा स्वास्थ्य र रोजगारीको कार्यलाई समेत प्राथमिकतामा राखेका छौं ।’ 

सम्बन्धित समाचार