एचपीभी खोपको सम्पूर्ण तयारी पूरा

9.5k Shares

विराटनगर – कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपीभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपीभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ ।

दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।

उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७-१० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताए। उनका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार तीन सय ३४ किशोरी रहेका छन् ।

सम्बन्धित समाचार