त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने

9.2k Shares

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जनाएको छ । अब रातिको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै त्रिभुवन विमानस्थल बन्द हुनेछ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको उज्यालोलाई जानकारी दिनुभयाे ।

अब थपिएको समयमा भारतका दुई वटा वायु सेवा कम्पनी स्पाइस जेट र एअर इन्डिया एक्सप्रेसले पुनः उडान गर्न प्रस्ताव राखेका छन् । उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायु सेवाको उडान समय पनि बढ्ने भएको छ ।

सम्बन्धित समाचार