9.1k
Shares
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।
कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखी पाऊँ भनेर दिएको निवेदनमाथि मंगलबार उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासमा पेसी तोकिएको हो ।
गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेकसम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेका थिए ।
कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाउँदै रिहा भएका लामिछाने सोमबार रिट निवेदन लिएर उच्च अदालत पुगेका थिए ।