काभ्रेको महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

12.9k Shares

काठमाण्डौ – काभ्रेको दक्षिणी क्षेत्रमा रहेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो निभेको छ ।

खानीखोला गाउँपालिका–१ मा रहेको थामलेख डाँडाको महाभारत जङ्गलबाट शुरू भएको आगलागी हिजो दिउँसोदेखि नियन्त्रण आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।

डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ गएको शुक्रवार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगो निभाइएको थियो ।

चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वनमा क्षति धेरै छ । यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा गएको बुधवारदेखि आवतजावतमा रोक लगाइएकोमा हिजोदेखि खुला गरिएको छ ।

सम्बन्धित समाचार