पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक

9.8k Shares

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘थर्ममिटर’ पनि भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । स्वतन्त्र, व्यवसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकता माथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्न पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

सम्बन्धित समाचार