बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

9k Shares

देउखुरी– यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रूपमा घाँसखेती गर्न थालेका छन् । 

‍घोराही उपमहानगरपालिका–६ की  सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेकी छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले बताइन्  ।

गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलोे भएको उनी बताउँछिन्। ‘हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु’, उनले भनिन् ‘पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हुँदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।’

सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताइन् । उनले भनिन्, ‘गाई बाख्राका लागि घाँस खोज्न भतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।’

सम्बन्धित समाचार