सिन्धुपाल्चोक । वषौंदेखि खानेपानीको चरम समस्या भोगिरहेका बलेफी गाउँपालिका-५ काभ्रे, गैरीगाउँ, गुर्दुमका १५० घरधुरीलाई डिप बोरिङ निर्माण गरेर खानेपानीको व्यवस्था गरिने भएको छ । उक्त वडाको ट्रन्सफरमर डाँडामा डिप बोरिङ निर्माण गरी गाउँमा पानी पुर्याउन थालिएको वडा अध्यक्ष यादव ठकुरीले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत डिप बोरिङ निर्माण गरेर खानेपानी व्यवस्था गरिने उहाँले बताउनुभयाे । ट्रान्सफरमर डाँडामा १ सय ७५ मिटर गहिराई डिप बोरिङ निर्माण गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानीलाई कमप्रेसर, प्रशोधन गरेर स्थानीयबासीका घरघरमा पुर्याइनेछ ।
वडा अध्यक्षका उम्मेदवार हुने समयमा ठकुरीले १२ महिना पानीको हाहाकार हुने उक्त गाउँहरुमा पानी खुवाउने घोषणपत्रमा उल्लेख गर्नुभएको थियो । सोही अन्तर्गत खानेपानी पुर्याउन लागिएको उहाँको भनाइ छ ।