बाढीले खेतबारीमा थुपारेको ढुङ्गा र फोहोर पन्छाएर बेथानचोकका किसान आलु रोप्ने तयारीमा

10.4k Shares

काभ्रे – बेथानचोकका किसान बाढीले खेतबारीमा थुपारेको ढुङ्गा, रुखका जरा लगायत पन्छाएर आलु रोप्ने तयारीमा जुटेका छन् । गएको असोज दोस्रो हप्ताको बाढीले बगर बनाइदिएको खेतबारी सफा गरेर आलु रोप्ने तयारी गरेको स्थानीयबासिन्दा विनोद तिमल्सिनाले जानकारी दिनुभयो ।

पाट्ने खोलामा आएको बाढीले बारी पुरिएपछि बेथानचोक गाउँपालिका वडा नम्बर २ गेल्ढुङ बजार आसपास क्षेत्रका किसानले खेती गर्न पाएका थिएनन् । यस अघि आलु खेतीबाट राम्रो आम्दानी गर्दै आएका किसानहरु फेरी आलु खेतीमा जुटेका हुन् ।

बर्खामा बाढी आएर क्षती बेहोरेका स्थानीयबासिन्दा हिउँद लागेपछि खानेपानीको समस्या खेपिरहेका छन् । बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको उनीहरुको गुनासो छ ।  

सम्बन्धित समाचार