पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव

10.6k Shares

काठमाण्डौ – कास्कीको पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव शुरू हुँदैछ ।

नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा व्यापार मेलासँगै १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल एक्सपो–२०२५ आयोजना गरिएको छ ।

‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ नाराका साथ आयोजना भएको मेलामा औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवर्द्धन तथा बजारीकरण, अन्य प्रदेशका निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यास, आवश्यक सहकार्य र गण्डकीमा लगानी आकर्षित गर्ने उदेश्य रहेको आयोजक पोखरा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनको प्रदर्शनी, औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोबाइल, पुष्प प्रदर्शनीलगायत रहेका छन् । मेला आउँदो २१ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचार