‘मिसिङ : केटी हराएको सूचना’ को बुकिङ खुल्ला, कति छ शो ?

10.1k Shares

काठमाडौँ । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को अग्रिम बुकिङ खुल्ला भएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुल्ला गरिएको हो ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टार फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ ।

फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । 

फिल्ममा अमितेष शाह विशेष भूमिका छन् । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता हुन् ।

सम्बन्धित समाचार