काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी एस०७ एल सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको हो ।
दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले सो एसयूभी सार्वजनिक गरे ।
थप रेन्ज र पावरफुल पर्फमेन्स
दिपल एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।
अत्याधुनिक डिजाइन र प्रविधि
एस०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ । यसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई बेजोड बनाउनेछ । नेपालअटाे