वडाध्यक्षको जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय

10.3k Shares

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो ।

यसअघिका वडाध्यक्ष संजय साहले पनि यसरी नै वडा कार्यालय सञ्चालन गरेको र आफनो कार्यकालमा पनि आफ्नै गोठबाट वडा कार्यालय संचालन हुदै आएको वडा अध्यक्ष यादबले जानकारी दिएका छन् ।

वडाध्यक्ष यादबले वडा कार्यालय राखेको गोठ जीर्ण छ । वडाको कार्य सम्पादनमा एकदमै समस्या देखिएको छ । गोठको सानो भागमा वडाध्यक्ष तथा वडा सचिबको टेबल राखिएको छ । अन्य शाखाहरु कहाँ राख्ने भन्ने ठेगान नै छैन । भवन अभाबमा काम गर्न एकदमै असहज भएको एक कर्मचारीले बताए ।

सो गोठको भाडा बापत आफुले २–३ हजार रुपैयाँ मासिक बुझने गरेको वडाध्यक्ष यादबले बताए । सो वडा कार्यालय साबिक शितलपुर बैरगनिय गाबिसमा पर्दछ । साबिक गाबिसको कार्यालय वडा नं. २ मा पर्ने भएपछि वडा नं. १ भवनबिहिन बनेको हो ।

उक्त नगरपालिकामा वडा नंं २, ४, ५ र ७ को आफनै भवन रहेको छ भने वडा नं. ३ को भवन निर्माण भइरहेको छ । वडा नं. ६, १० र ११ का वडा कार्यालय भाडामा बसेका छन् र वडा नं. ८ र ९ ले एउटै भवनमा सयुक्त रुपमा काम गरिहेका छन् । वडा कार्यालयको आफनै भवन नहुदा कार्यसम्पादनमा एकदमै असहज भएको कर्मचारीहरु बताउदै आएका छन् । सो पालिकाका नगर प्रमुख गोपाल यादब नै भ्रष्ट्रचारको आरोपमा निलम्बनमा परेका छन । अहिले कार्यवाहक नगर प्रमुखको जिम्मेबारी उपप्रमुख अम्बेया खातुनलाई दिइएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार