समाजसेवी तथा व्यवसायी जिवन थापा प्रहरीद्वारा सम्मानित

13.2k Shares

ललितपुर । बरिष्ठ समाजसेवी तथा व्यवसायी जिवन थापा एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । प्रहरी प्रभाग ईमाडोल ललितपुरद्धारा बिहीबार आयोजिगत एक कार्यक्रममा थापा सम्मानित हुनुभएको हो । 
बिगत लामो समयदेखि समुदाय प्रहरी साझेदारी कार्यक्रमका विभिन्न क्रियाकलापमा प्रत्यक्ष संलगन भइ कार्यक्रमको लक्ष्य प्राप्तिमा अमुल्य सहयोग पुर्याई नागरिक लक्षित कार्यक्रमहरुमा निरन्तर रुपमा पुर्याउनुभएकाे सहयोग स्वरुप थापालाई प्रशंसापत्र दिएर सम्मानित गरिएको थियो ।
थापा विगत लामो समयदेखि जिवन थाप प्रत्यक्ष रुममा सामाजिक कार्यमा संलग्न हुँदै आउनुभएको छ भने थापालाई विभिन्न प्रतिष्ठित संघ संस्थाहरुले सम्मानित पनि गर्दै आएको छ ।

यस्तै कार्यक्रममा प्रहरी प्रभागले समाजमा टेवा पुर्याउनुभएका वडा नं. १ का वडा अध्यक्ष छिरिङ लामा लगायत अरु स्रष्टाहरुलाई पनि प्रशंसापत्र  सहित प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले सम्मान गर्नु भएको थियो । 

2.jpg4.jpg3.jpg6.jpg

सम्बन्धित समाचार