चेल्सी लिभरपुल बराबरी

17.5k Shares

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुलसँग बराबरीमा खेलेको छ । खेलमा १० खेलाडीमा समेटिएको चेल्सीसँग लिभरपुलले बराबरी खेलेको हो ।

शनिबार राति भएको खेलमा चेल्सी लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा मोहमद सलाहले पेनाल्टीबाट गोल गर्दै टिमलाई  हारबाट जोगाए ।

खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीसँगै हारबाट जोगाए ।

चेल्सीका डिफेन्डर रिस जेम्सले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा लिभरपुलले पेनाल्टी पायो ।
 
बराबरीसँगै चेल्सी ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको लिभरपुलले ३ खेलमा ७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार