ह्याम्स अस्पतालले गर्‍यो घाउ नबनाइ खाना नलीमा भएको रोगको सफल शल्यक्रिया

12k Shares

काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो ।

विश्वभरीमा करिब १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह्रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ ।

यसअघि उक्त रोगको उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अव भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डा सविन कोइरालाले जानकारी दिए ।

खानाको नलीमा हुने रोगका कारण तौल घट्ने, खोकी लागिरहने लगाएका विभिन्न शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

सम्बन्धित समाचार