किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?

11.3k Shares

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की प्रहरी हिरासतभित्रको तस्बिर यतिखेर भाइरल छ । सो तस्बिर भाइरल भएपछि तस्बिर किन र के प्रयोजनका लागि खिचिएको हो भन्ने’बिषयमा जिज्ञासा बढेको छ ।

त्यसो त, सो तस्बिर डा. निकोलस भुषाल आफैंले खिचेको दाबी गरेका छन् । केही दिनअघि उनको फेसबुक पेजबाट सो तस्बिर प्रकाशित पनि भएको थियो । तर, उनले कुनै अन्य प्रयोजनका लागि नभई लामिछानेको अवस्था जान्नका लागि मात्र खिचेको बताउँदै फोटो सार्वजनिक गरेकामा माफीसमेत मागेका छन् ।

लामिछानेको फोटो सार्वजनिक भएपछि भने रास्वपाका कार्यकर्ता त्यसको विरोधमा उत्रेका छन् । उनीहरूले सो तस्बिर खिच्ने काममा प्रहरी आफैं संलग्न रहेको दाबी गरेका छन् । पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले सो फोटो कास्की प्रहरी हिरासतमा रहेका लामिछानेकै भएको बताएका छन् । हिरासतमा भेट्न जाँदा मोबाइल लैजान नपाइने कडा नियम रहेको भन्दै उनले फोटो खिच्ने काममा प्रहरीकै संलग्नता रहेको आरोप लगाएका छन् ।

फोटो’बिषयमा कास्की प्रहरी आलोचित भएपछि बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही हुने चेतावनी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जोकोहीलाई कारबाही हुने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिनेछ ।’

लामिछानेको तस्बिर भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँग फोटो’bout सोधखोज गरेका छन् ।

यसैबीच, रास्वपाका सहकोषाध्यक्ष बोहराले आफूले सभापति लामिछानेलाई भेट्दा लामिछानेले पढ्दै गरेको पुस्तक द आर्ट अफ वार, द एज अफ रिभोलुसनलगायत पुस्तक रहेको उल्लेख गरेका छन् । दुई महिनासम्म हिरासतमा रहँदा लामिछानेले १७ पुस्तक पढेको बोहोराको भनाइ छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा गत २ कात्तिकमा अनुसन्धानका लागि लामिछाने प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले उनलाई सहकारी ठगीसहित संगठित अपराध, सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा कारबाही चलाउनुपर्ने लगायत मागसहित सरकारी वकिलमा अनुसन्धान फाइल बुझाइसकेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार