काठमाडौँ। उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन् ।
तर लामो समयसम्म यस्ता उपकरणमा राख्दा शिशुको विकास होइन्, स्वास्थ्यमा समस्या आउन सक्छ । वाकरका कारण शिशुमा हुने शारीरिक र मनोवैज्ञानिक समस्यालाई कन्टेनर बेबी सिन्ड्रोम भनिन्छ । बच्चालाई लामो समयसम्म यी वाकर जस्ता यन्त्रमा राख्नु उसको शारीरिक विकासका लागि हानिकारक हुन्छ । यसले उनीहरूको स्वतन्त्र रूपमा चल्ने र आवश्यक सीप विकास गर्ने क्षमतामा बाधा पुर्याउँ५ । कन्टेनर बेबी सिन्ड्रोमको कारण
शिशुलाई राख्न सजिलो भएकाले वाकर कन्टेनरहरूको अत्यधिक प्रयोग गर्दा यो समस्या निम्तिन सक्छ । शिशुलाई खुल्ला ठाउँमा चल्न खेल्न नदिंदा पनि यो समस्या निम्तिन सक्छ ।