काठमाण्डाै – लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले बढेर २ हजार ७३६ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज बैंक समूहको सूचक स्थिर रहेको छ । यस्तै विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड बाहेक सबै समूहका सूचक सामान्य घटेका छन् ।
आज १२७ वटा कम्पनीको शेयर बढेकामा १३४ वटाका घटेका छन् । यस्तै १० वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिबेन्चर २०८६ साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजाे ६ अर्ब ४४ कराेडकाे काराेबार भएकाेमा आज ३५६ वटा कम्पनीका ९२ लाख ८३ हजार कित्ता शेयर ४ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।