हुम्लाको सिमकोटमा बालगृह निर्माण

9.6k Shares

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण भएको छ । जापान सरकारको एक करोड ३५ लाख रुपैयाँको अनुदान लागतमा बालगृह बनेको हो ।

नेपालमा रहेको जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला) का प्रमुखलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।

भवनमा ३० जना बालबालिकालाई आश्रय दिने क्षमता रहेको जापानी राजदूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायतका गतिविधि सञ्चालन गर्नसक्ने छन् । 

सम्बन्धित समाचार