भिटामिन सीको मात्रा धेरै भए के हुन्छ ?

9.9k Shares

काठमाडौँ। भिटामिन सी शरीरका लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वमध्ये एक हो । यसलाई ‘एस्कोर्बिक एसिड’ पनि भनिन्छ । यो पानीमा घुलनशील भिटामिन हो, जुन कागती, सुन्तला, गोलभेंडा, अमला, भुईंकटहर र हरियो सागसब्जी लगायतमा पाइन्छ ।

यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई सङ्क्रमणबाट बचाउँछ । घाउ निको गराउने, दाँत र हड्डीको निर्माण र मर्मत गर्ने काम भिटामिन सीले गर्छ । साथै यसले छालालाई चम्किलो राख्छ र बुढ्यौलीको प्रक्रियालाई सुस्त बनाउँछ । यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ ।

सबै फाइदाका कारण मानिसहरू भिटामिन सीयुक्त खानेकुरा तथा यसको सप्लिमेन्ट खान थाल्छन् । तर यस भिटामिनको फाइदाका कारण यसलाई अन्धाधुन्ध उपभोग गर्नु हुँदैन । किनभने भिटामिन सीको बढी मात्रा शरीरका लागि खतरनाक हुनसक्छ । यसको सीमित मात्रा धेरै लाभदायक हुन्छ, यदि यसको मात्रा बढी हुँदा धेरै बेफाइदा पनि हुनसक्छन् ।

सम्बन्धित समाचार