काठमाडौ । गएको असार १ गते मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति पु¥यायो । मेलम्चीमा यसरी सोच्दै नसोचेको घटना घटेपछि तत्काल राहत, उद्दार, सडक र विद्युत सुचारुका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री युवराज दुलाल ‘सरद’ सबै राजनीतिक दलका नेता भन्दा पनि पहिला घटनास्थल पुगी पीडितहरुलाई मल्हम लगाउने काम गरेका थिए ।
काठमाडौंको नारायणटार स्थित पिस ब्यांक्वेटमा फुर्वा जाङ्बु लामाको अध्यक्षतामा सम्पन्न नेकपा माओवादी केन्द्र हेलम्बु काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका दुलालले देश माओवादी केन्द्रको एजेण्डामा चलिरहेको बताएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि दुलालले बिकास र जनसेवाको काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सिन्धुपाल्चोकको पहिलो पार्टी बनाउने समेत उद्घोष गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि चन्द्रबहादुर थापाले नयाँ जोश र जाँगरका साथ परिवर्तन विरोधी र प्रतिगामीहरुले फैलाएको भ्रमलाई चिर्दै जनताको बीचमा गएर पार्टीलाई पहिलो राजनीतिक शक्ति बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए । भेलाले फुर्वा जाङ्बु लामाको अध्यक्षतामा हेलम्बु काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको नेता समीर गिरिले जानकारी गराएका थिए ।