12.2k
Shares
काठमाण्डौ – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने हुनुभएको छ । उहाँ यही मङ्सिर २३ देखि २५ गते (डिसेम्बर ८–१०) सम्म काठमाण्डौ आउने हुनुभएको हो ।
दक्षिण एशिया भ्रमणका क्रममा भारत र श्रीलङ्काको भ्रमण गरेर उहाँ नेपाल आउन लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उहाँले युवाहरूसँग साक्षात्कार गर्ने र केही नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।